१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अश्लील हर्कतको भिडियो : प्रशासकीय अधिकृत राईलाई गाउँपालिकामा हाजिर गर्न रोक



झापा-कार्यकक्षमै महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो भाइरल भएका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाइएको छ । बाह्रदशी गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो

१४ गते हाजिर भएका राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृतका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाइने भएको छ ।

इलामको माइजोगमाई गाउँपालिकामा कार्यरत रहँदा राईले एक महिला कर्मचारीसँग अश्लील गतिविधि गरेको भिडियो सामाजिक सञ्जाल भाइरल भइरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ००:००  ८ : ३४ बजे