५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी तय



झापा- नेकपा एमालेले सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गर्ने भएको छ । २ असोजमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ शीर्षकमा विचार गोष्ठी गर्ने कार्यक्रम तय भएको हो ।

केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले श्रद्धाञ्जलि हुने विचार गोष्ठीमा अरु दलका नेताहरुलाई पनि बक्ताका रुपमा बोलाइने बताए ।

राजधानी काठमाडौंमा अध्यक्ष केपी शर्मा ओली आफैँ प्रमुख बक्ता रहनेछन् भने बाँकी प्रदेशमा पार्टी उपाध्यक्षहरुलाई जिम्मेवारी दिएर पठाइएको छ ।

कोशीमा उपाध्यक्ष रामबहादुर थापा बादल, मधेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल मुख्य बक्ता रहने छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ००:००  ९ : १४ बजे