पाँचथर-फिदिम नगरपालिका १ बुद्धचोकबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा स्थानीय भरत श्रेष्ठ, युजन थापा र डेजिहाङ राई रहेका छन् ।
पक्राउ परेकाहरुका साथमा ४ सय ४० मिलिग्राम ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले भरतको घरमा खान तलासी गरेको थियो ।