१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

प्रधानमन्त्री दाहाल खाद्य शिखर सम्मेलनमा भाग लिन इटाली जाँदै



झापा-संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली जाने भएका छन् ।

तीनदिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल आज इटालीको राजधानी राेम जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राेममा साउन ८ देखि १० गतेसम्म शिखर सम्मेलन हुँदैछ । प्रधानमन्त्री दाहालले अतिकम विकसित मुलुकको हैसियतमा शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ‌।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर बेदुराम भुसाल लगायतको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ००:००  ७ : ३२ बजे