बिर्तामोड – स्वास्थ्य कार्यालय झापाले फागुन ११ देखि हात्तीपाइले राेगकाे आम औषधि कार्यक्रम सुरु गर्ने भएको छ । स्वास्थ्य कार्यालयले साेमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिएको हो ।
जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले झापामा १२ औँ चरणकाे आमऔषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार अपेक्षा अनुसार मानिसले औषधि सेवन नगरेका कारण याे कार्यक्रम चलिरहेको छ । ११औँ चरणमा औषधि खुवाउँदा पनि हात्तीपाइले राेग निवारणमा झापा असफल भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकाेटीले बताए ।