१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा प्रहरीले समात्यो चोरी मुद्दाका फरार अभियुक्त



बिर्तामोड-चोरी मुद्दाका एक जना फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले झापाको भद्रपुर–८ का आर्यन भनिने कासिम शेखलाई पक्राउ गरेको हो ।

शेखलाई पक्राउ गरी शुक्रवार अदालतमा पेश गरिएको र आदेश अनुसार कैद सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

झापा जिल्ला अदालतले गत असार ७ गते चोरी मुद्दामा शेखलाई चार महिना कैद सजाय, सात हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा दुई सय रुपैयाँ जम्मा गर्ने फैसला सुनाएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ००:००  ७ : १२ बजे