१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

स्थानीय तहलाई कारबाहीको अधिकार नदिन शिक्षक महासङ्घको लबिङ



काठमाडौँ– नेपाल शिक्षक महासङ्घले शिक्षकलाई कारबाही गर्ने अधिकार स्थानीय तहलाई नदिन लबिङ गरेको छ । आग्रह पूर्वाग्रहका आधारमा स्थानीय तहले शिक्षकमाथि कारबाही गर्ने जनाउँदै महासङ्घले अधिकार प्रत्यायोजनका विषयमा तीव्र असहमति जनाएको हो ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले शिक्षकलाई कारबाही गर्ने अधिकार स्थानीय तहले दुरुपयोग गर्न सक्ने बताइन् ।

समितिले प्रस्तावित शिक्षा ऐनका विषयमा बुधबार सरोकारवालालाई बोलाएर छलफल गरेको हो । सरोकारवालाको हैसियतमा महासङ्घले शिक्षक कारबाहीको अधिकार स्थानीय तहलाई नदिन आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार ००:००  ८ : ४२ बजे