१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वडा तहमा शिवसताक्षी नगरको डेङगु नियन्त्रण अभियान



सतासीधाम-डेंगु रोगको प्रकोप नियन्त्रणका लागि शिवसताक्षी नगरपालिकाले शुक्रवार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । डेंगुको बढ्दो जोखिम आँकलन गरेर नगरपालिकाले यस विषयमा सचेतना कार्यक्रम गरेको हो ।

अभिमुखीकरण कार्यक्रमपछि सोमबारदेखि स्वास्थ्य शाखाका कर्मचारीहरु, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई डेंगु नियन्त्रणका लागि वडा तहमा परिचालन गरिने नगर प्रमुख मेगाहाङ्ग थोप्राले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुलबहादुर पौडेल डेंगु रोग एकबाट अर्कोमा सर्ने भएकाले जमेको पानी हटाउन सके नियन्त्रण गर्न सकिने बताउँछन् ।

डेंगु नियन्त्रणका लागि विषादी वा विषादीयुक्त धुँवा (फगिङ) छर्केर नहुने कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्कर्मी जीवन चम्लागाईको धारणा छ । ‘डेंगु नियन्त्रण गर्न एडिस जातको लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु पर्ने हुन्छ’ उनले भने ।

नगरपालिकाका अनुसार शिवसताक्षीमा दुई जनामा डेंगु संक्रमण भेटिएको छ । समुदायमा फैलिन नदिन नगरपालिकाले प्रत्येक वडामा एडिस नामको लामुखट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ८ : २० बजे