बिर्तामोड- झापाको बिर्तामोडमा करेन्ट लागेर शुक्रवारराति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–७ बाह्रघरेका स्थायी बासिन्दा ४९ वर्षीय खेम श्रेष्ठ छन् ।
शौचालय जान निस्किएका श्रेष्ठलाई मध्यरातमा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको प्रवेश रोक्न घर वरिपरि करेन्ट प्रवाह गरिएका बेला श्रेष्ठ घाइते भएका थिए ।
लगत्तै मध्यरातमा श्रेष्ठलाई बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।