१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

तीन महिनामा काँकडभिट्टा नाकाबाट १८ करोडको टमाटर आयात



काँकडभिट्टा–भारतबाट चालु आर्थिक वर्षको तीन महिनामा पूर्वीनाका काँकडभिट्टा हुँदै १८ करोड रुपैयाँको टमाटर नेपाल भित्रिएको छ । आन्तरिक उत्पादनले बजार धान्न नसक्ने परिस्थितिका बीच ठूलो मूल्यको टमाटर आयात भएको हो ।

पूर्वी नेपालका बजारमा भारतीय टमाटरको दवदवा छ । केही समयअघि नेपाली टमाटर भारत निकासी हुँदा किसान उत्साहित भएका थिए । तर, किसानको उत्साह धेरै लामो समय टिक्न सकेन ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार साउन, भदौ र असोजमा पूर्वी नाकाबाट नौ हजार ६८७ मेट्रिक टन टमाटर भित्रिएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार ००:००  ८ : ०० बजे