१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बुट्टाबारीको चिया बगानमा झुन्डिएको अवस्थामा युवक फेला



बिर्तामोड-झापाको बुट्टाबारीस्थित चिया बगानमा बिहीबार बिहान एकजना युवक झुन्डिएको अवस्थामा फेला परेका छन् ।

चिया बगानभित्रको रुखमा झुन्डिएको अवस्थामा युवक फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ । झुण्डिएका युवकको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार ००:००  ८ : ५९ बजे