मोरङ- मोरङको बूढीगंगा गाउँपालिकाका कर्मचारी आन्दोलित भएका छन् । कामबाट निकालिएपछि करारका कर्मचारी आन्दोलित भएका हुन् ।
पुर्नवहालीको माग राखेर कर्मचारीले गाउँपालिकाको मुख्य गेटमा तालाबन्दी गरेका छन् । कर्मचारी आन्दोलित बनेपछि दैनिक प्रशासनिक काम प्रभावित भएको छ ।
वर्षा जारी रहँदा छाता ओढेर उनीहरु गाउँपालिका अगाडि धर्नामा बसेका छन् । सब इन्जिनियर विवेकबाबु थनदार छ वर्षदेखि कार्यरत कर्मचारीलाई गाउँपालिकाले अन्यायपूर्वक निकालेको बताए ।
करारमा कार्यरतमध्ये २६ जना कर्मचारीलाई साउन १ गतेबाट लागू हुने गरी गाउँपालिकाले निष्कासन गरेको थियो ।
गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारले बेरुजु धेरै आएका कारण कार्यपालिकाको बैठकबाटै निर्णय गरेर करारका २६ जनालाई बिदा गरिएको बताइन् ।