१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ काठमाडौँमा सम्मानित



बिर्तामोड–प्रेमध्वज प्रधान फाउण्डेसनले साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठलाई सम्मान गरेको छ । राजधानी काठमाडौँमा आयोजित कार्यक्रमका बीच फाउण्डेसनले श्रेष्ठलाई सम्मान गरेको हो ।

साहित्य, कला र संगीतको क्षेत्रमा उल्लेख्य योगदान गरेकोले बहुआयामिक प्रतिभाका धनी चौतारीका संस्थापक संरक्षक श्रेष्ठलाई प्रेमध्वज प्रधान सम्मान प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।

साहित्यिक पत्रकार संघका अध्यक्ष एवम् कार्यक्रम संयोजक राधेश्याम लेकालीले पूर्वी नेपालमा रहेर भाषा कला र साहित्यको श्रीवृद्धिका लागि अनरवतररुपमा सक्रिय श्रेष्ठलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

प्रेमध्वज प्रधान फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले साहित्यकार श्रेष्ठलाई सम्मान पत्र प्रदान गरेका थिए ।

साहित्य चौतारी झापाका संस्थापक संरक्षक श्रेष्ठले आफ्ना पितृको सम्झनामा साहित्य चौतारी झापा स्थापना गरेर भाषा, कला साहित्य र संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका छन् ।

गीत तथा भजन लेखन र गायनमा अभ्यस्त भइसकेका संरक्षक श्रेष्ठका एकदर्जन भन्दावढी भजन अहिले विभिन्न सञ्चारमाध्यममा गुञ्जिरहेका छन् ।

बरिष्ठ गायक प्रेमध्वज प्रधानको सम्मान पाएर भाषा, कला, साहित्य र संगीतको क्षेत्रमा अझै समर्पित हुने प्रेरणा मिलेको संरक्षक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ००:००  ७ : ५९ बजे