झापा- सर्वोच्च अदालतले भारतबाट नेपाल प्रवेश गर्नेहरुको अभिलेख राख्न आदेश दिएको छ । अध्यागमन वा सुरक्षा निकायमा आधिकारिक परिचयपत्र देखाएर आउनेहरुको विवरण राख्न सर्वाेच्चले आदेश दिएको हो ।
हराएका सीमा स्तम्भको निर्माण, पुनःस्थापना गर्ने र दशगजा क्षेत्र खाली गराउने काम गर्न पनि अदालतले भएको छ ।
विज्ञ समूहले गरिरहेको कामलाई प्रभावकारीरूपमा अगाडि बढाएर सम्पन्न गराई सीमा विवाद समाधान गर्नू गराउनू भन्दै सर्वाेच्चले सरकारको नाममा आदेश जारी गरेको हो ।