२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

मेचीनगर लेडी जेसीजको अध्यक्षमा पवित्रा



बिर्तामोड-मेचीनगर लेडी जेसीजको नयाँ नेतृत्व चयन भएको छ । शनिवार नयाँ नेतृत्व छानिएको हो । विधानत जेसीजमा एकवर्षे कार्यकाल हुन्छ ।

लेडी जेसीजको अधिवेशनले सन् २०२४ का लागि पवित्रा विमलीको अध्यक्षतामा नयाँ नेतृत्व छानेको हो । रश्मी थापा नेतृत्वको सन् २०२३ को समितिमा प्रसाई कार्यकारिणी उपाध्यक्षको भूमिकामा थिइन् ।

धुलाबारी जेसीजले मातृत्व प्रदान गरेको मेचीनगर लेडी जेसीजको १० औँ बार्षिक साधारण सभाबाट कार्यकारी उपाध्यक्षमा एलिसा बुडाथोकी र सकुन्तला खतिवडा चयन भएका छन् ।

उपाध्यक्ष पदमा क्रमशः उर्मिला पौडेल, सुनिता कोइराला, सर्मिला तिमल्सिना र लक्ष्मी कोइराला सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।

१५ सदस्यीय कार्य समितिमध्ये महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । पद हस्तान्तरण पूर्व ती पदमा पदाधिकारी नियुक्त हुनेछन् ।

आगामी वर्ष नेपाल जेसीज क्षेत्र क सम्मेलन मेचीनगरमा आयोजना गर्ने मेचीनगर लेडी जेसीजको महत्वकांक्षी लक्ष्यका बीच चयन भएको नयाँ नेतृत्वले पूर्व तयारीका प्रारम्भिक काम तत्काल थाल्नु पर्ने बाध्यता पनि छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार ००:००  ७ : ५० बजे