१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापाको गौरादहका एक युवकले गरे आत्मदाह



गौरादह- डिप्रेसनको शिकार भएका झापाको गौरादहका एक युवकले आत्मदाह गरेका छन् । गौरादह बजार घर भएका ३५ वर्षीय रोशन साहले आत्मदाह गरेको प्रहरीले जनाएको छ ।

मंगलवार बिहान ४ बजे साहले आफ्नै कोठामा आत्मदाह गरेका हुन् । इलाका प्रहरी कार्यालय गौरादहका अनुसार उनी दुई वर्षदेखि डिप्रेसनको औषधि खाइरहेका थिए । उनको श्रीमती र एक छोरा छन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार ००:००  ११ : ५६ बजे