७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रधानमन्त्री दाहालद्वारा भारत भ्रमणको तयारी, एजेन्डाबारे परराष्ट्रका अधिकारीसँग छलफल



झापा- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको तयारी थालेका छन् । प्रधानमन्त्री दाहाल जेठ १७ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री दाहाल तीन दिने भ्रमणको लागि भारत जान लागेका हुन् । भारत भ्रमणको क्रममा नेपालले उठाउनुपर्ने एजेण्डाबारे परराष्ट्रमन्त्री एनपी साउदले गृहकार्य गरिरहेका छन् । मन्त्री साउदले यसअघि पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदूतसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री दाहालले सोमवार परराष्ट्रमन्त्री साउद, मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरत पौड्यालसँग छलफल गरेका छन् । सो अवसरमा प्रधानमन्त्री दाहालका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ००:००  ११ : ४७ बजे