झापा-सार्वजनिक संस्थान, निकाय तथा अन्तर्राष्ट्रिय संस्थामा सरकारले गरेको लगानी सात खर्ब ३१ अर्ब ५६ करोड पुगेको छ । एक सय ४२ संस्थामा सेयर र ऋण लगानी गरिएको छ ।
तर, लगानीको स्पष्ट नीति नहुँदा स्रोतको सदुपयोग नहुने मात्रै होइन, सरकारले ब्याज र लाभांशको लाभ पनि लिन सकेको छैन् । सरकारले उठाउनुपर्ने भाका नाघेको ऋण र ब्याज मात्रै एक खर्ब आठ अर्ब छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/७९ सम्म सरकारले एक सय ११ वटा संस्थामा तीन खर्ब ५७ अर्ब ६३ करोडबराबर सेयर लगानी र ३१ वटा संस्थामा तीन खर्ब ७३ अर्ब ९२ करोड ऋण लगानी गरेको छ ।
कुल लगानीमा ऋण लगानीको अंश ५१ प्रतिशत र सेयर लगानीको अंश ४९ प्रतिशत रहेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।