१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोडमा अनुगमन : सुराकी दिनेलाई पाँचसय पुरस्कार



झापा-बिर्तामोड नगरपालिकाले मंगलवार बिर्ता बजारमा अनुगमन गरेको छ । उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा खाद्यान्न तथा मासु पसलको अनुगमन गरिएको हो ।

अनुगमनमा म्याद गुज्रिएको पेय पदार्थ फेला परेको छ । अनुगमन टोलीले त्यस्ता पेय पदार्थ जफत गरी नष्ट गरेको छ । मासु पसलमा सरसफाई नभएको जनाउँदै टोलीले सचेत गराएको छ ।

अनुगमनका क्रममा अधिकांशले नगरमा व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको र मूल्यसूची नराखेको फेला परेको छ । नियमनमा नरहेका व्यवसायीलाई तीनदिनभित्र नगरमा उपस्थित हुन निर्देशन दिइएको उप प्रमुख संग्रौलाले बताए ।

नगर उपप्रमुख संग्रौलाले बजारमा अखाद्य वस्तु बेचेको प्रमाणसहित सुराकी गर्नेलाई नगद पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार ००:००  ८ : ५७ बजे