१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

माघ तेस्रो साता संसद अधिवेशन बोलाउने तयारी



झापा-सरकारले माघ तेस्रो साता सङ्घीय संसदको अधिवेशन बोलाउने तयारी गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामुख देवराज घिमिरेलाई भेटेर संसद अधिवेशनको तयारीका विषयमा छलफल गरेका हुन् ।

मङ्गलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा मन्त्री गुरुङले संसद अधिवेशनको मिति, विधेयकको अवस्था र लगायतका विषयमा छलफल गरेका छन् ।

मन्त्री गुरुङले माघ १८ गते संसद अधिवेशन बोलाउने सरकारको तयारी रहेको सभामुखलाई जानकारी गराएको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार ००:००  ९ : ४० बजे