बिर्तामोड-भोजपुर झापा सम्पर्क समाज गठन भएको छ । भोजपुरमा जन्मिएर झापालाई कर्मथलो बनाएकाहरु पहिलोपटक समाजका नाममा संगठित भएका हुन् ।
झापाको बिर्तामोडमा भएको भेलाले बलराम कार्कीको अध्यक्षतामा समाजको तदर्थ समिति गठन गरेको छ । व्यवसायिक क्षेत्रका अगुवा कार्की बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् ।
समाजसेवी हर्कलाल गिरीको प्रमुख आतिथ्य र प्रमेश हलुवाईको अध्यक्षतामा समाजको भेला आयोजना गरिएको हो । भेलाको औचित्यमाथि झापाका अग्रज पत्रकार सुब्रत न्यौपानेले प्रकाश पारेका थिए ।

भेलाले उपाध्यक्षमा नगेन्द्र शंकर, सचिवमा मेघराज बाँस्तोला र कोषाध्यक्षमा गणेश कार्कीलाई चयन गरेको छ । १५ सदस्यीय समितिको सदस्यमा सुब्रत न्यौपाने, केशवकुमार ताम्राकार, रमेश पोर्तेल, केदार रायमाझी, उर्मिला ढकाल, एल्विन्द्र खत्री, छत्रबहादुर श्रेष्ठ, भक्तबहादुर कार्की, सञ्जु भारती, मनु विश्वकर्मा र सुशिला कार्की छन् ।
जन्मभूमिका लागि रचनात्मक योगदान गर्न सकियोस् भन्नृ उद्देश्य राखेर समाजको परिकल्पना गरिएको अध्यक्ष कार्कीले बताए । सचिव बाँस्तोलाका अनुरार तदर्थ समितिले आगामी ६ महिनाभित्र विधान बनाएर समाजको नयाँ समिति चयन गर्नेछ ।
भेलामा डा. सन्ध्या कार्की, रन्जिता कार्की, मीना खड्का, छत्रबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मासिक पाँच सय दिने घोषणा
जन्मभूमि प्रतिको अगाध आस्था र स्नेहका बीच समाजसेवी हर्कलाल गिरी र प्रमेश हलवाईले भोजपुर झापा सम्पर्क समाजलाई मासिक पाँच सय दिने घोषणा गरेका छन् ।
समाजले बनाउने कोषका लागि गिरी र हलवाईले वार्षिक ६ हजारका दरले रकम दिने घोषणा गरेका हुन् ।