१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

राजालाई गाली गरेर मात्र सत्तामा टिकिदैँन : अध्यक्ष लिङ्देन




झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजालाई गाली गरेर सत्तामा टिकिराख्ने भ्रमबाट मुक्त हुन राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् ।

बिहीवार अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राजा फालेको भन्ने दलहरुले जनताका लागि राम्रो काम गरेर देखाउन नसकेको बताए ।

राजालाई गाली गर्नुको सट्टा जनताका लागि राम्रो काम गरेर देखाउने अवसर ठूला राजनीतिक दलले गुमाएको भन्दै राप्रपा अध्यक्ष लिङ्देनले चाडपर्वपछि जनान्दोलनका कार्यक्रममार्फत राजसंस्था पुनस्र्थापना अभियान थालिने बताए । अध्यक्ष लिङ्देनका अनुसार आन्दोलनको तयारी तीव्र पारिएको छ ।

प्रवासमा पनि पार्टीले आफ्नो राजनीतिक गतिविधि तीव्र पारेको जनाउँदै अध्यक्ष लिङ्देनले दशैँ, तिहार र छठ सकिएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर जनदबाबका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार ००:००  ६ : ४१ बजे