झापा– रेफ्री बिक्रम चौधरीको शुक्रबार निधन भएको छ । शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा उनको निधन भएको हो ।
सर्लाही घर भएका उनी विभागीय टोली आर्मी क्लबमा जागिरेसमेत रहेका थिए । रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका क्रममा अचेत भइ ढलेका हुन् ।
उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । उनको मृत्युको कारण भने खुलाइएको छैन् ।
















