१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापाकाे दुर्गापुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु



बिर्तामोड – झापाको दुर्गापुरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाकाे मृत्यु हुने भएको छ । मृत्यु हुनेमा झापाकाे गाैरादहका कुमार दर्जी रहेका छन् ।

दर्जी प्र १-०१-०१६प ५०९८ नम्बरकाे माेटरसाइकलमा सवार थिए । उनी सवार माेटरसाइकललाई प्र १-०१-००१च ७४०७ नम्बरकाे छाेटा हात्तीले ठक्कर दिएको थियो ।

घाइते दर्जीलाई उपचारका लागि वीएण्डसी अस्पताल लगिएको थियो । तर, अस्पताल लगिए लगत्तै दर्जीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक यामकुमार खँड्काले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार ००:००  ११ : १७ बजे