मेचीनगर-झापाको मेचीनगरस्थित धाइजन पशुपालन तथा रबर उद्योग प्रालिमा शुक्रवार आगलागी हुँदा २५ लाख बरावरको क्षति भएको छ । मेचीनगर–११ धाइजनका शान्तिराम चिमरीयाले सञ्चालन गरेको उद्योगमा आगो लागेको हो ।
रबर सुकाउने भट्टीबाट अचानक आगलागी सुरु भएको थियो । बारुणयन्त्रको सहयोगमा एकघण्टाभित्र आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट रबर, रबर बनाउने मेसिन, १५० मन धान पूर्ण रुपमा जलेर नष्ट नष्ट हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको हो ।


















