१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

नेपालमा डेंगु संक्रमितको संख्या २१ हजार



झापा-नेपालमा डेंगु संक्रमितको संख्या २१ हजार नाघेको छ । नियन्त्रणको प्रभावकारी विधि अवलम्वन नगर्दा संक्रमण झन् फैलिँदै गएको हो ।

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म २१ हजार २०६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेंगु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो ।

डेंगु सङ्क्रमणबाट अहिलेसम्म १३ जनाको ज्यान गएको महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनीले बताए । झापामा मात्रै डेंगुका कारण चार जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ००:००  ८ : ५० बजे