१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

४० हजारमा पेस्तोल किनेर युवकको हत्या



मोरङ-विराटनगर–५ का रोहित चौधरीको हत्या प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर १५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका १ का प्रकाश लिम्बु र धरानका ३१ वर्षीय सुजन तामाङ छन् ।

रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप तीन जना पक्राउ परेको सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए ।

पक्राउ परेकामध्ये अजय अवैध हतियार कारोबारी रहेको प्रहरीको दावी छ । अजयले लुटपाट गर्ने समूहलाई ४० हजारमा पेस्तोल बिक्री गरेको खुलेको छ । प्रकाश र सुजनले रोहितसँग गएकी किशोरीलाई खुकुरी देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

साउन ५ गते बेलुका ५ः१५ बजेतिर इटहरी उपमहानगरपालिका सेउती पुल नजिकको जङ्गलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीमाथि आक्रमण भएको थियो । प्रतिकार गर्दा रोहितलाई गोली हानेर मारिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ७ : ३४ बजे