१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

स्थानीय तहका कर्मचारी आन्दोलित



झिलझिले– झापाका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । पेशागत हकहितको माग राखेर उनीहरु चरणबद्ध संघर्षमा उत्रिएका हुन् ।

शुक्रवार झापाका १५ पालिकामा संघर्ष समिति बनाइएको छ । असोज ८ गते भएको स्थानीय तहका कर्मचारीको भेलाले जिल्लास्तरीय संघर्ष समिति गठन गरेको थियो ।

स्थानीय तहमा संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐनको माग गर्दै कर्मचारी आन्दोलित भएका हुन् ।

जिल्ला स्तरीय स्थानीय तह कर्मचारी संघर्ष समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ००:००  ९ : ५९ बजे