१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

बलात्कार आरोप लागेका सिद्धबाबालाई सफाइ



झापा-बलात्कार आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको हो ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार मागदाबी नपुग्ने भन्दै आरोपितले कसुरबाट सफाइ पाउने ठहर गरेको छ ।

सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न भन्दै उच्च अदालतले जिल्लामा मुद्दा फर्काएको थियो ।

चतरा धामका धार्मिक गुरू सिद्धबाबाविरूद्ध २०७९ असार १४ मा जिल्ला अदालतमा मुद्दा परेको थियो । सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी नपुग्ने र गिरीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार ००:००  ८ : ०९ बजे