बिर्तामोड-सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षमा १५ हजार युवा सदस्य बनाउने घोषणा गरेको छ । शनिवार बिर्तामोडमा आयोजित ११ औँ विस्तारित भेलामा सहकारी संस्थाले युवा सदस्य थप्ने घोषणा गरेको हो ।
विस्तारित भेलामा बोल्दै संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले १६ देखि ३० वर्ष उमेर समूहका कम्तीमा १५ हजार युवालाई सहारामा संगठित गर्ने योजना रहेको बताए । सहाराले मातहतका सेवा केन्द्रलाई युवा सदस्य संगठित गर्न निर्देशन पनि दिएको छ ।
‘युवाहरुलाई केन्द्रमा राखेर युथ एकाडेमी बनाउने गरी योजना बनाएका छौँ’, कार्यकारी प्रमुख गिरीले भने, ‘एकाडेमीमार्फत युवाको नेतृत्व तथा क्षमता विकासका काम स१चालन हुन्छन् । युवामा उद्यमशीलताको विकास गर्ने सहाराको लक्ष्य छ ।