७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

ब्राउन सुगर बेच्न आएका भारतीय युवक बिर्तामोड बसपार्कबाट पक्राउ



बिर्तामोड–ब्राउन सुगर बेच्न आएका एक भारतीय नागरिकलाई प्रहरीले शनिवार साँझ झापाको बिर्तामोडस्थित बसपार्कबाट पक्राउ गरेको छ । बसपार्कस्थित ताप्लेजुङ फक्तालुङ होटल अगाडिबाट भारतीय नागरिक समातिएका हुन् ।

पक्राउ पर्नेमा भारत पोराभिट्टा, जिरनगाछ किसानगञ्ज जिल्ला बिहार बस्ने बर्ष २१ को लाल मिया रहेका छन् । मिया प्रहरीलाई देख्नासाथ भागेर होटलको दोस्रो तलामा पुगेका थिए ।

लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मियालाई पक्राउ गरेको हो । उनको साथमा ११८ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

पक्राउ परेका मियालाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार ००:००  ८ : ३० बजे