२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

चिसोका कारण सिराहाका विद्यालय बन्द !



सिराहा-अत्याधिक चिसोका कारण सिराहाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द भएको छ । शीतलहर चल्न थालेपछि स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।

अत्याधिक चिसोका कारण पठनपाठन गर्न समस्या भएकाले एक साताका लागि विद्यालय बन्द गरिएको लक्ष्मीपुर पतारी गाउँपालिकाले जनाएको छ ।

गोलबजार नगरपालिकाका शिक्षा शाखा अधिकृत सुबोधकुमार लामाले अत्याधिक चिसोका कारण माघ २ गतेसम्मका लागि नगर क्षेत्रभित्रका विद्यालय बन्द गरिएको जानकारी दिए ‌।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ००:००  ८ : ०९ बजे