५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

विद्यालय भवन भत्किँदा ११ जनाको मृत्यु




एजेन्सी- उत्तरपूर्वी चीनमा भारी वर्षाका कारण विद्यालयको व्यायामशालाको छत भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । व्यायामशाला भत्किँदा १९ जना भित्र फसेको अधिकारीहरुले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले मिडियालाई भने कि मृत्यु हुनेमा धेरै बालबालिका छन्, यद्यपि यो आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ।

औद्योगिक हेलोङजियाङ प्रान्तको क्विहार सहरमा रहेको भवनको इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । चारजना भाग्न सफल भएको अधिकारीहरुले बताएका छन् ।

भग्नावशेषबाट निकालिएका १५ जनामध्ये चार जना मात्रै बाँचेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ००:००  ९ : ५५ बजे