५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

डिजिटल प्रणालीमार्फत कांग्रेसको सदस्यता वितरण र नवीकरण



झापा-नेपाली कांग्रेसले सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणलाई डिजिटल प्रणालीमा लैजाने भएको छ । कांग्रेसले सदस्यता सम्बन्धी सम्पूर्ण काम डिजिटल प्रविधिमार्फत गर्न लागेको हो ।

वेभसाइटमार्फत अनलाइन सदस्यता वितरण थालिसकेको कांग्रेसले बिहीबार देशभरिबाट जिल्ला सभापतिहरूलाई काठमाडौँमा भेला गरेर त्यसबारे प्रशिक्षणसमेत दिएको छ ।

भेलामा जिल्ला सभापतिहरूले अनलाइनबाट सदस्यता वितरण हुन थालेपछि पार्टीप्रति आकर्षण बढ्ने अपेक्षा राखिएको बताएका छन् ।

केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणलाई पार्टीले पूर्णरुपमा डिजिटल प्रविधिमा लैजान लागेको बताए । ‘

सातदशक लामो लोकतान्त्रिक अभ्यास गरिसकेको मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसमा अहिलेसम्म सदस्यता प्रणाली केन्द्रीकृत छ ।

सदस्यता पाउन, छेक्न र संगठनमा आफ्नो कब्जा जमाएर पार्टी नेतृत्वमा पुग्न हरेक महाधिवेशनको सम्मुखमा नेताहरूले ठूलै रस्साकस्सी गर्दै आएका छन् ।

पछिल्लो समय युवाहरूलाई आकर्षित गर्न नवगठित दलहरूले अनलाइनबाट सदस्यता आवेदन लिने अभ्यास थालेपछि कांग्रेसले पनि त्यही अभ्यासलाई पछ्याएको हो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार ००:००  ९ : ४० बजे