१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा झा नियुक्त



झापा-सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

उपाध्यक्षको सिफारिसका लागि सरकारले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिसमध्ये झा नियुक्त भएका हुन् । नेपाल चिकित्सा संघका पूर्व अध्यक्ष झापा नेपाली कांग्रेस निकट छन् । समितिले उनलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो ।

दोस्रो नम्बरमा डा. प्रवीण मिश्र र तेस्रो नम्बरमा हालका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी सिफारिस भएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार ००:००  ९ : ४४ बजे