१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

झापामा ५८ हजार सवारी चालक कार्वाहीमा, ट्राफिकले उठायो चार करोड



बिर्तामोड-जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गत आर्थिक वर्षमा करिव चार करोड राजस्व उठाएको छ । सवारी नियम उलङ्घनकर्ताबाट ट्राफिकले उक्त रकम उठाएको हो ।

सवारी चेकजाँचका क्रममा कार्वाहीमा परेका चालक र सवारी धनीबाट तीन करोड ९५ लाख ५६ हजार रुपैयाँ राजस्व उठाइएको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खँड्काले बताए ।

एक वर्षको अवधिमा प्रहरीले ५८ हजार भन्दाबढी सवारी चालकलाई कार्वाही गरेको छ । सबै भन्दाबढी १८ हजार सातसय १८ मोटरसाइकल चालक कार्वाहीमा परेको प्रसनि खँड्काले बताए ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार ००:००  ७ : ०९ बजे