१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

काङग्रेस नेता केशवकुमार बुढाथोकीको निधन



बिर्तामोड– नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । झापाको अर्जुनधारा निवासी बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए ।

उपचारको क्रममा सोमबार राति बुढाथोकीको निधन भएको नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले बताए ।

बिराट नर्सिङ होम बिराटनगरमा उनको उपचार भइरहेको थियो । उनी दुईपटक मन्त्री भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार ००:००  ११ : ०० बजे