२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

सुरक्षित इन्टरनेट व्यवहार सम्वन्धी वल्डलिंकको सचेतना



बिर्तामोड-बढ्दो सामाजिक सञ्जालको विकृति तथा अपराधलाई मध्यनजर गर्दै वल्डलिंक कम्युनिकेसन्स लि बिर्तामोडले विद्यालयसँगको सहकार्यमा सोमवार अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार सम्वन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

बिर्तामोडको वीर अमरसिंह प्राविधिक विद्यालय र कनकाई बोर्डिङ अङ्ग्रेजी स्कूलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा दुवै विद्यालयका कक्षा ७, ८ र ९ का विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा इन्टरनेटबाट हुने अपराध, अपराधबाट बच्ने उपाय र इन्टरनेटको सही सदुपयोग कसरी गर्ने भन्नेबारे वल्डलिंक कम्युनिकेसनस लि का कर्मचारीले प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार ००:००  ३ : २२ बजे