झापा– सहोदर दाजुभाइ एउटै कोठामा मृत भेटिएका छन् । यो घटना दाङ तुलसीपुरको हो ।
तुलसीपुर उपमहानगरपालिका-६ मा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर कोठाभित्र मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले घटनाको पुष्टि गर्दै कोठामा दाजुभाइ मृत अवस्थामा फेला परेको जानकारी दिए ।
प्रहरीका अनुसार शव बनाउन थालिसकेकाले दुई दिन अगाडि नै उनीहरूको मृत्यु भएको आशंका गरिएको छ । परिवारजन कोही नभएको अवस्थामा उनीहरूको शव फेला परेको हो ।
परिवारका सदस्य आएपछि मात्रै ढोका खोलेर घटनाको विषयमा विस्तृत जानकारी लिने डीएसपी पोखरेलले बताए ।