१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सुरु भयो काङ्ग्रेसको विशेष आन्तरिक अभियान



बिर्तामोड- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पार्टीका कार्यकर्तामा उत्पन्न निराशाको अन्त्य गरेर उत्साह भर्न विशेष आन्तरिक अभियान सार्थक हुने विश्वास व्यक्त गरेका छन् ।

अभियानका लागि केन्द्रबाट झापाका लागि खटिएका प्रतिनिधि विश्वकर्माले पार्टीको आन्तरिक संगठन जागरुक बनाउन, विकास निर्माणमा कार्यकर्ता परिचालन गर्न, पार्टीप्रतिको अनर्गल प्रचार रोक्न अभियान फलदायी हुने बताएका हुन् ।

नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला कार्य समिति, क्षेत्रीय सभापति र सचिव, प्रदेश क्षेत्रीय सभापति एवम् गाउँ–नगर सभापतिको संयुक्त भेलालाई अभियानबारे जानकारी दिँदै नेता विश्वकर्माले नियमानुसार खेल नखेल्दा खेलाडीहरुले गेम हार्ने दृष्टान्त प्रस्तुत गरे ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ००:००  ९ : ४३ बजे