झापा- डेंगुको संक्रमणबाट काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको आज बिहान निधन भएको छ । डेंगु संक्रमित भएपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।
पाँच दिनअघि अस्पताल भर्ना भएका रिजालको फोक्सोमा पानी जमेको थियो । निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका रिजाललाई बचाउने प्रयास असफल भएको हो ।
रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापति समेत हुन् । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।