५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

जनताले सम्झिने काम गरिरहेको छु : प्रधानमन्त्री दाहाल



काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमुखी कामलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा व्यक्त गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले इतिहासले सम्झने गरी साहसिक र जनपक्षीय कामहरू सरकारले अगाडि बढाइरहेको दाबी गरे ‌ ।

सरकारले गरेका राम्रा काम जनतासम्म पुर्याउन नसकेको गुनासो व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पार्टी अभियानमार्फत जनपक्षीय कामहरु जनतासमक्ष लगिने बताए ‌।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ००:००  ८ : ०७ बजे