बिर्तामोड-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रादेशिक सरकारहरु ‘विकासे एजेन्सी’ जस्तो भएको टिप्पणी गरेका छन् । संविधान निर्माण भए पनि कानुन बन्न नसकेको बताउँदै नेता सिटौलाले यस्तो टिप्पणी गरेका हुन् ।
शनिवार झापाको बिर्तामोडमा नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्वोधन गर्दै नेता सिटौलाले कानून नहुँदा संविधान नै निरर्थक देखिन थालेको बताए ।
संविधान मस्यौदा समितिका संयोजक समेत रहेका नेता सिटौलाले जनताको पीरमर्का बुझ्ने सरकारको खाँचो रहेको उल्लेख गरे ।
नेपालमा उडान भर्ने आकाशे मार्गको अनुमतिविना अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुभन्दा सात वटा प्रादेशिक प्राविधिक शिक्षालय निर्माण, रोजगारमूलक शिक्षा, आयआर्जन बृद्धि गर्ने खालका विकासे योजना ल्याउन सरकारलाई सिटौलाको सुझाव छ ।