८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

बिर्तामोड नगरपालिकाको आर्थिक ऐेनमा दलहरुले उठाए प्रश्न



बिर्तामोड– नेपाली कांग्रेससहितका पाँच राजनीतिक दलले बिर्तामोड नगरपालिकाले जारी गरेको आर्थिक ऐनका विषयमा प्रश्न उठाएका छन् ।

नगरपालिकाले अस्वभाविक रुपमा कर वृद्धि गरेको जनाउँदै आन्दोलनमा उत्रिएका दलहरुले आर्थिक ऐेनका कैयौँ प्रावधानप्रति सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

बिर्तामोडमा बिहीवार बिहान पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्टिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले वृद्धि गरिएको कर अविलम्ब खारेज गर्नुपर्ने माग गरेका छन् ।

नेपाली काङ्ग्रेस नगर सभापति भाेजराज सिटाैलाले अहिले वृद्धि गरिएको कर खारेज गर्दै अघिल्लो वर्षको कर कायम गरिनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा यसअघि दलहरुद्वारा गठित कर निर्धारण सुझाव समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको थियो ‌। राप्रपा नगर अध्यक्ष रन्जु प्याकुरेलले वैज्ञानिक विधि र प्रक्रिया अवलम्बन गरी करको क्षेत्र पहिचान गर्दै दर निर्धारण गर्नुपर्ने बताइन् ‌।

माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बाले कर निर्धारणका सम्बन्धमा स्थानीय निकायले गम्भीर त्रुटि गरेको जनाउँदै यसलाई अविलम्ब सच्याए मात्र जनताको हित हुने बताए ‌।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार ००:००  ११ : १५ बजे