१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सरकारसँग सहमति भएपछि चिकित्सकको आन्दोलन फिर्ता



झापा– आन्दोलनरत चिकित्सकले आन्दोलन फिर्ता लिएका छन् । सरकारसँग आइतवार साँझ छ बूँदे सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । आइतवार उनीहरुले देशभरका अस्पतालमा इमरजेन्सीबाहेकको सेवा ठप्प पारेका थिए ।

भदौ २७ गते हेटौँडाको सञ्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीको उपचारमा खटिएको समयमा कुटपिट भएको विरोधमा चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार ००:००  ८ : १० बजे