५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

चामल निर्यातमा प्रतिबन्ध लगाउने भारतीय घाेषणा



झापा– नेपाललगायतका मुलुकलाई ठूलो धक्का पर्नेगरी भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ ।

भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार सूचना जारी गर्दै चामल निर्यातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।

नेपालमा खाद्यान्नको मुख्य स्रोतका रुपमा चामल प्रयोग हुँदै आएको छ । आन्तरिक उत्पादन बढाउन नसक्दा नेपालले वर्षेनी भारतबाट चामल आयात गर्छ ।

माेटा, जिरा मसिना लगायतका चामल निर्यातमा रोक लगाइएको भारतीय घोषणापछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्नेछ ।

गत आर्थिक वर्षको एघार महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको चामल आयात गरेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार ००:००  ८ : ३१ बजे