८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

माधव नेपालले भने, ‘गठबन्धनबाट हामीलाई निकाल्न खोजिएको छ’



झापा-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ‌।

सोमबार काठमाडौंमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर राख्ने प्रयास भइरहेको जनाउँदै सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरुको भएको जनाउँदै अध्यक्ष नेपालले सबै सतर्क रहनुपर्ने बेला आएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार ००:००  ६ : ४२ बजे