झापा- धनगढीबाट बाजुरा आउँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शनिवार राति धनगढीबाट बाजुरा आउँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
डोटीको शिखर नगरपालिका–६ स्थित केआई सिंह राजमार्ग अन्तर्गत पर्ने अण्यौलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक लोकबहादुर कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा ५ निवासी २२ वर्षीया राधिका मल्ल सोही गाउँका ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कवीन्द्र बुढा र विमला मलालकी ८ महिना छोरी प्रथाना मलाल छन् ।