१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

१० लाख जनाले भरे सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर



झापा-सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर बुधबार अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जनाले भरेका छन् । तोकिएभन्दा झन्डै २० गुणा बढी आवेदन परेको छ ।

सीडिएस एण्ड क्लियरिङ कम्पनीका अनुसार २७ लाख ७६ हजार ७६ कित्ताका लागि आवेदन खुलाइएको थियो‌ । तर, आवेदकले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन् ।

१९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको कम्पनीले जनाएको छ । यो रकम सम्बन्धित आवेदकको बैंक खातामा राेक्का भएको छ ।

कम्पनीले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरेको थियो । बुक बिल्डिङबाट खुलेको प्राथमिक सेयरको प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा तय गरिएको छ । ‌

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ००:००  ६ : ३१ बजे