बिर्तामोड-कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले सामुदायिक वन क्षेत्रभित्र पक्की संरचना नबनाउन चेतावनी दिएका छन् ।
झापाको मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएको निचाझाेडा सिमसार क्षेत्रको आइतबार अवलोकन गर्दै मन्त्री उप्रेतीले त्यस्तो चेतावनी दिएका हुन् ।
वनभित्रको प्राकृतिक स्वच्छता कायम राख्नुपर्ने भन्दै मन्त्री उप्रेतीले वातावरण प्रतिकूल हुने खालका पक्की संरचना नबनाउन सामुदायिक वन उपभोक्ता समितिलाई निर्देशन पनि दिएका छन् ।


















